Asked by Anonymous User ,28 years
on 27/5/19
नमस्ते डाक्टर, म अहिले २२ बर्षको भए मेरो बिबाह भएको ८ महिना भयो बिबाह अगाडी देखि नै हामी बीच शारीरिक सम्बन्ध भैसकेको थियो अहिले नै बेबी नजन्माउने भनेर मैले आइ पिल खाने गरेको थिए अहिले मेरो श्रीमान जागिरको सिलसिलामा बाहिर हुनुहुन्छ करिब ३ महिना जति भयो, मेरो मैनावारीमा गडबडी आएको छ. हल्का रगत देखा पर्छ अनि फेरी हुन्न यस्तो भएको ३ पटक भयो दिन बिराएर हल्का हल्का रगत देखा पर्छ अनि तेस्पछि अलि केहि समय पछि मात्र मैनावारी हुन्छु के भएको होला एकदमै डर लागिरहेको छ अनि हल्का हल्का गन्ध आउने सेतो पनि पनि बग्छ मलाई के भएको होला डाक्टर साप ?? अनि मैले के गर्नु पर्छ बताईदिनु होला!!